पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

बकैया दर्पण संवाददाता
१२ माघ २०७९, बिहीबार १५:३७

मकवानपुर । नेकपा माओवादी केन्द्रको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बिहीबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकमा पार्टी संगठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा छलफल हुने छ । आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*