आगामी माघ २१ र २२ गते नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्ने

बकैया दर्पण संवाददाता
११ माघ २०७९, बुधबार १९:२१

मकवानपुर । नेकपा एकीकृत समाजवादीको बैठक आगामी माघ २१ र २२ गते बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे ठोस छलफल गर्न केन्द्रीय समिति बैठक आह्वान गरेको पार्टीका महासचिव डा. बेदुराम भुसालले जानकरी दिए । उनका अनुसार, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति एवम् घटनाक्रमका सन्दर्भमा पार्टीका विभिन्न तहका कमिटीहरुको बैठक मार्फत गरिएका निर्णयलाई अनुमोदन गर्ने र विकसित परिस्थितिमा पार्टी, संगठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई तीव्रता प्रदान गर्ने उद्देश्यले बैठक बोलाइएको हो । भुसालले बैठकको कार्यसुचीमा निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल, समसामयिक प्रस्तावर विविध रहेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*