प्रतिनिधि सभाकाे नियमावली मस्यौदा समिति गठन

बकैया दर्पण संवाददाता
१० माघ २०७९, मंगलवार १४:३१

मकवानपुर । प्रतिनिधि सभाले प्रतिनिधि सभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको छ ।

समितिमा सांसदहरु अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल र महेश बर्तौला रहेका हुन् । त्यस्तै रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्ति बस्नेत, सवेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवासचन्द्र नेम्बाङ, सोविता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन् ।

प्रतिनिधि सभाको नियमावली मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव मंगलबार दिउँसाे बसेको प्रतिनिधि सभा बैठकले सर्वसम्मतले पारित गरेको छ । यो समितिलाई १५ दिनको समय तोकिएको र समितिको सभापति समितिले चयन गर्ने भएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*