प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

बकैया दर्पण संवाददाता
१० माघ २०७९, मंगलवार ११:२७

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटन् बालुवाटार पुगेका छन् ।

दुई नेताबीच अहिले भेटवार्ता जारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। प्रदेशमा मन्त्रिपरिषद विस्तारमा सकस भइरहँदा दुई नेताबीच भेट भएको हो । सबै प्रदेशमा मुख्यमन्त्री नियुक्त भए पनि प्रदेश १ बाहेक अन्य कुनै प्रदेशले मन्त्रीलाई जिम्मेवारी दिन सकेका छैनन् । भागबण्डामा सकस हुँदा अधिकांश प्रदेश प्रमुखहरु काठमाडौंमा भेला भएका छन् । उनीहरुले शीर्ष नेतृत्वलाई भेट गरिरहेका छन्। र केन्द्रको निर्देशन पर्खिरहेका छन् ।

आजको भेटमा राष्ट्रपतिको निर्वाचनका बारेमा पनि दुई नेताबीच छलफल हुने बुझिएको छ। राष्ट्रपतिको निर्वाचन माघ २८ भित्र गरिसक्नु पर्ने भएपनि निर्वाचन आयोगले अहिलेसम्म मिति तोकेको छैन ।

कांग्रेसले राष्ट्रपतिको निर्वाचन निर्धारित मितिमै हुनुपर्ने माग राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*