मीनबहादुर श्रेष्ठ योजना आयोगको उपाध्यक्षमा

बकैया दर्पण संवाददाता
९ माघ २०७९, सोमबार १४:१७

मकवानपुर । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गर्नुभएको हो । उपाध्यक्षमा नवनियुक्त श्रेष्ठले सोमबार प्रधानमन्त्री दाहालबाट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पद तथा गोपनीयताको शपथ पनि गर्नु भएको छ ।

श्रेष्ठ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ । यसअघि २०७३ सालमा पनि दाहाल प्रधानमन्त्री भएका बेला श्रेष्ठ आयोगको उपाध्यक्ष बननु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*