माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

बकैया दर्पण संवाददाता
८ माघ २०७९, आईतवार २०:३६

मकवानपुर । नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । बैठक यही माघ १२ गते केन्द्रीय कार्यायलमा बस्ने गरी बोलाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यले जानकारी दिए । चुनावयता पहिलो पटक बस्न लागेको स्थायी समिति बैठकका एजेन्डामा पार्टी निर्माण, सरकारलाई सहयोग र पार्टीका विभाग तथा जन वर्गीय संगठनको क्रियाशिलता लगायतका छन् । स्थायी समिति बैठकले नै केन्द्रीय समिति बैठकको समेत मिति तय गर्नेछ । विभिन्न पार्टीसँग एकताका लागि कार्यलद समेत बनाएको माओवादीले नेपाल समाजवादी पार्टीसँग भने तत्काल एकता गर्ने तयारी गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*