उपसभामुख पदमा इन्दिरा राना निर्वाचित

बकैया दर्पण संवाददाता
७ माघ २०७९, शनिबार १८:०९

मकवानपुर । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भएको निर्वाचनबाट राना उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।

बैठकमा मत विभाजनमार्फत भएको मतदान प्रक्रियामा रानालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत पुगेकाले उपसभामुख पदमा निर्वाचित भएको सभामुखमा देवराज घिमिरेले घोषणा गरे ।

२६४ उपसभामुख पदमा उम्मेदवार बनेकी रानालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत, विपक्षमा ९७ र मत दिन्न भन्ने पक्षमा १ मत परेको छ ।

रानालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदले मतदान गरेका थिए ।

नेपाली कांग्रेसले भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको थियो । प्रतिनिधिसभामा पहिले इन्दिरा राना मगरलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा उनी सभामुखमा निर्वाचित भएकाले कांग्रेसको प्रस्तावमाथि छलफल नै भएन ।

प्रतिनिधिसभाको अर्को बैठक माघ १० गते दिनको १ बजे बस्ने सभामुख घिमिरेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*