भारत र चीनसँग असल छिमेकीको सम्बन्ध कायम राख्न चाहेको अध्यक्ष ओलीको भनाई

बकैया दर्पण संवाददाता
६ माघ २०७९, शुक्रबार १५:०६

मकवानपुर । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने बताउनुभएको छ । उहाँले राष्ट्रको अहित हुने, मुलुकको सार्वभौमिकता, स्वाधिनता र स्वतन्त्रतामाथि नै अतिक्रमण हुने भएकाले कुनै पनि प्रकारको सैन्य गतिविधि मुलुकमा हुन दिन नहुने बताउनुभयो ।

नेकपा (एमाले) परराष्ट्र मामिला विभागले शुक्रबारबाट काठमाडौंमा सुरु गरेको दुई दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले दुई छिमेकी मुलुक भारत र चीनसँग पनि असल छिमेकीको सम्बन्ध कायम राख्न चाहेको पटक(पटक दोहोर्‍याउनुभयो । अध्यक्ष ओलीले आफ्नो पार्टीले पारस्पारिक लाभ र पारस्पारिक सम्मानको आधारमा परराष्ट्र सम्बन्धलाई सुदृढ बनाउने चाहेको समेत स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले व्यापारलाई सन्तुलनतर्फ ल्याउनका लागि बाह्य लगानी भित्र्याउनुपर्ने भएकाले सोही अनुसारको परराष्ट्र नीति लिनुपर्ने समेत बताउनुभयो । रोजगारी प्रवद्र्धन गर्ने, उत्पादन वृद्धि गर्ने, उत्पादकत्व वृद्धि गर्ने जस्ता कुराहरुका लागि बाह्य लगानी बढाउन नेपालले ध्यान दिनुपर्ने उहाँको भनाई थियो । अध्यक्ष ओलीले सीमा समस्यालगायतका समस्याहरु समाधान हुने गरी परराष्ट्र नीति संचालन गर्न लाग्नुपर्ने आवश्यक्ता समेत औंल्याउनुभयो ।

अध्यक्ष ओलीले मुलुकमा विकासलाई तीब्रता दिएर अघि बढन सहज हुने गरी परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*