उपसभामुखको उम्मेदवारमा इन्दिरा रानामागर बनाउने रास्वपाको निर्णय

बकैया दर्पण संवाददाता
६ माघ २०७९, शुक्रबार ११:३२

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानामगरलाई उपसभामुख उम्मेदवार बनाउने भएको छ। शुक्रबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सात दलीय सत्ता गठबन्धनमा राष्ट्रिय स्वतन्त्रको भागमा उपसभामुख परेको छ। निर्वाचित हुने लगभग पक्का रहेको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले जनजाती समुदायकी रानामगरलाई उम्मेदवार बनाउने भएको हो । शुक्रबार दिउँसो १ बजेदेखि चार बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ। शनिबार प्रतिनिधिसभाको बैठकले उपसभामुख चयन गर्ने छ ।

सभामुखमा सत्ता गठबन्धनको समर्थनमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*