विश्वविद्यालय विधेयक, २०७९ राष्ट्रिय सभामा पेस

बकैया दर्पण संवाददाता
६ माघ २०७९, शुक्रबार १०:४०

मकवानपुर । विश्वविद्यालय विधेयक, २०७९ राष्ट्रिय सभामा पेस भएको छ । हिजोको राष्ट्रिय सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले उक्त विधेयक पेस गर्नुभएको हो । मन्त्री पौडेलले विधेयक प्रस्तुत गर्दै सूचना र प्रविधिको विकाससँगै मौलिक विषय समेटेर गुणस्तरीय र समयसापेक्ष मुलुकको विकासका लागि उक्त विश्वविद्यालय स्थापना गर्नुपर्ने जरुरी भएको बताउनुभयो ।

बैठकमा राष्ट्रिय सभाअन्तर्गत विषयगत समितिमा रहने सदस्यको थप नाम मनोनयन गरिएको थियो । बैठकमा अध्यक्ष तिमिल्सिनाले जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादवलाई दिगो विकास तथा सुशासन समितिमा मनोनयनका लागि प्रस्तुत गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*