प्रतिनिधि सभाको उपसभामुखका लागि मनोनयन दर्ता आज

बकैया दर्पण संवाददाता
६ माघ २०७९, शुक्रबार ०८:०१

मकवानपुर । प्रतिनिधि सभाको उपसभामुख पदका लागि आज मनोनयन दर्ता हुँदैछ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार प्रतिनिधि सभाका कुनै पनि सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधि सभा नियमावली २०७५ को नियम ८ को उपनियम २ बमोजिम प्रस्तावको सूचना आज दिउँसो १ देखि ४ बजेसम्ममा दर्ता गर्न सकिने छ ।

निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ताक्रमानुसार दिउँसो सवा ४ बजे संसद भवन नयाँ वानेश्वरमा प्रकाशित गर्ने कार्यतालिका रहेको सचिव योगीले जानकारी दिनुभयो । आज दर्ता भएको उम्मेदवारी अनुसार भोलि उपसभामुखको निर्वाचन हुने छ ।

सरकारमा रहेका दलहरूले गरेको शक्ति बाँडफाँडको निर्णय अनुसार प्रतिनिधि सभाको उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ । कसलाई उपसभामुखको उम्मेदवार बनाउने भन्ने बारेमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक अहिले बिहान सिंहदरवारमा बस्दै छ ।

राष्ट्रपतिलगायतका पदमा नेपाली काँग्रेसले उम्मेदवार उठाउने नेताहरूले बताए पनि काँग्रेसले उपसभामुखको उम्मेदवारका बारेमा हालसम्म निर्णय गरेको छैन । हिजो भएको निर्वाचनबाट सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसक्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*