पोखरा विमान दुर्घटनाबारे विशेष प्रस्ताव पारित

बकैया दर्पण संवाददाता
५ माघ २०७९, बिहीबार १५:४८

मकवानपुर । प्रतिनिधिसभाको बैठकले गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनाबारे विशेष प्रस्ताव पारित गरेको छ।

बिहीबार सभामुख चयनका लागि बसेको बैठकले विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। बैठकमा उपस्थित सांसदहरूले विमान दुर्घटनाको छानबिन गर्न सरकारसँग माग गरेका थिए। माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित ७२ जना यात्रुको निधन भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*