प्रतिनिधि सभाको सभामुखमा एमालेका घिमिरे निर्वाचित

बकैया दर्पण संवाददाता
५ माघ २०७९, बिहीबार १५:२७

मकवानपुर । प्रतिनिधि सभाको सभामुखका नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनु भएको छ ।

बिहिबार प्रतिनिधि सभामा सांसदहरुको मत विभाजनका आधारमा सभामुख चयनका लागि भएको मतदानमा घिमिरेले १६७ मत ल्याएर निर्वाचित हुनु भएको हो । घिमिरेको विपक्षमा उम्मेदवारी दिनु भएकी नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई १ सय मत प्राप्त भएको थियो । प्रतिनिधि सभाको बैठक संचालन गरिरहनु भएका जेष्ठ सदस्य एवं राष्ट्रिय प्रतातन्त्र पार्टीका सांसद पशुपति शमशेर राणाले घिमिरे सभामुखमा निर्वाचित भएको घोषणा गर्नु भएको थियो ।

घिमिरेलाई नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टी लगायत सत्ता गठबन्धमा रहेका दलहरुको समर्थन रहेको थियो भने कांग्रेस उम्मेदवार न्यौपानेलाई संसदमा बिपक्षमा रहेका दलहरुको समर्थन रहेको थियो । बिहिबार जम्मा २६८ सांसद उपस्थित रहेकामा १ जना तटस्थ बसेका थिए । प्रतिनिधि सभामा निर्वाचित र समानुपातिक गरी २७५ सांसद छन् ।

प्रधानमन्त्रीमा नेकपा माओवादीका अध्यक्ष समेत रहनु भएका पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेर गुन लगाएको कांग्रेसले सभामुखमा भने आफ्नो पार्टीबाट उम्मेदवारी दिएको थियो । कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा माओवादीले आफ्ना उम्मेदवारलाई समर्थन गर्ने विश्वास गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*