कलेजो प्रत्यारोपण गर्न वर्षमान पुनलाई चिकित्सकको सुझाव

बकैया दर्पण संवाददाता
४ माघ २०७९, बुधबार १३:५८

मकवानपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारमा संलग्न चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन् ।

ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गराइरहनु भएका पुनको कलेजोमा समस्या देखिएपछि चिकित्सकले प्रत्यारोपण गर्न सुझाव दिएका हुन् । पेटरोग विशेषज्ञ प्रा.डा.युवराज शर्माले पुनको लिभरमा असर देखिएका कारण प्रत्यारोपणको सुझाव दिएको जानकारी दिनुभयो । पुनको पेटमा पानी जम्ने समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट हेलिकप्टरमा ल्याई सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । पूर्वमन्त्री समेत रहनुभएका पुन पछिल्लो समय चीनमा उपचार गराएर पुस ५ गते स्वदेश फर्किनुभएको थियो ।

वंशाणुगत जन्डिसपीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरूको परामर्शमा फलोअप उपचारका लागि चीन जानुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*