सभामुखमा एमालेका घिमिरेको उम्मेदवारी दर्ता

बकैया दर्पण संवाददाता
४ माघ २०७९, बुधबार १३:५४

मकवानपुर । नेकपा (एमाले)का सांसद देवराज घिमिरेले प्रतिनिधिसभा सभामुख पदमा उम्मेदवारी दिनुभएको छ ।

बुधबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पुगेर सांसद घिमिरेले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो । सत्तारुढ दलहरुको साझा उम्मेदवार रहनु भएका उहाँलाई एमाले उपाध्यक्ष एवम पूर्वसभामुख सुवाष नेम्वाङले सभामुख पदका लागि प्रस्ताव गर्नु भएको थियो भने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समर्थन गर्नु भएको थियो । प्रतिनिधिसभामा समामुखको निर्वाचन बिहीबार हुँदै छ । प्रतिनिधिसभा बैठक पनि भोली बिहान ११ बजेका लागि बोलाइएको छ ।

एमाले स्थायी कमिटी सदस्य घिमिरे पहिलो पटक झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो । हाल एमाले प्रदेश नम्बर १ को पार्टी इन्चार्जको भूमिकामा रहनु उहाँले २०५६ सालमै राष्ट्रिय सभाको सांसद हुनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*