पोखरा विमान दुर्घटना अपडेट : २० जनाको शव निकालियो

बकैया दर्पण संवाददाता
१ माघ २०७९, आईतवार ११:५७

मकवानपुर । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट २० जनाको शव निकालिएको छ। काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज पोखरामा दुर्घटनामा परेको हो ।

हाल उद्धार कार्य भइरहेको र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । जहाज क्याप्टेन कमल केसीले उडाएका बताइएको छ। विमानको अवस्था र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

‘टर्निङ’ मा समस्या हुँदा विमान खसेको अनुमान

६८ जना यात्रु र चार जना चालक दलका सदस्य बोकेर काठमाण्डौबाट पोखराका लागि उडेको यति एअरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेको छ ।

बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको जहाज अवतरण हुनै लाग्दा सेती खोँचमा खसेर दुर्घटनामा परेको हो । खोलामा खसेको विमान आगोले जलिरहेको छ । कास्कीका प्रहरी उपरीक्षक अजय केसीले अहिले पनि आगो निभाउने प्रयास चलिरहेको जानकारी दिनुभयो ।

भर्खरै सञ्चालनमा आएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको बेला हुनै लाग्दा विमान दुर्घटनामा पर्नुलाई हवाई क्षेत्रका व्यक्तिहरुले नै आश्चर्यका रुपमा हेरेका छन् । सुगम भौगोलिक क्षेत्र र विमानस्थल नजिकै विमान खस्नु निकै दुस्खद् घटना भएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाको भनाइ छ ।

‘अवतरणको बेला टर्निङ लिँदा समस्या छ भन्ने सुनेको हो, आज त्यै समस्याका कारण दुस्खद् दुर्घटना भएको अनुमान गरेका छौँ ।’ यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*