छिट्टै क्रिकेटको मैदानमा फर्किने सन्दीपको विश्वास

बकैया दर्पण संवाददाता
२९ पुष २०७९, शुक्रबार १८:४०

मकवानपुर । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले आफू निकट भविष्यमै क्रिकेट मैदानमा फर्किने बताएका छन् ।लामिछाने शुक्रवार नै २० लाख रुपैयाँ धरौटी तिरेर कारागारमुक्त भएका हुन् ।

एउटी नाबालिगमाथि बलात्कार गरेको आरोपमा पूपक्षका लागि थुनामा रहेको लामिछानेलाई उच्च अदालत पाटनले बिहिबार धरौटी तिरेर कारागारमुक्त हुने फैसला गरेको थियो ।

कारागारमुक्त भएपछि पत्रकारसंग कुराकानी गर्दै लामिछानेले आफू छिट्टै क्रिकेट मैदान फर्किने बताए । ‘एकदमै राम्रो सँग फर्कन्छु, उनले भने ।

कारागारमुक्त भएलगत्तै सन्दीपले अबका केही दिन परिवारका सदस्यसँग समय बिताउने बताएका छन् ।

लामिछानेलाई अदालतले विभिन्न शर्तसहित थुनामुक्त गर्न आदेश दिएको हो । उक्त आदेशको पालना नगरी उल्लंघन गरेको पाइएमा उनलाई पुनः थुनामा पठाउन सकिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*