आगामी शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पु¥याउने सरकारको लक्ष्य

बकैया दर्पण संवाददाता
२९ पुष २०७९, शुक्रबार १०:४८

मकवानपुर । आगामी शैक्षिक सत्रमा सम्पूर्ण विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पु¥याउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । तर समयमै पाठ्यपुस्तक पाइने र पठनपाठनको काम समयमै सकिने विद्यालय, विद्यार्थीको अपेक्षा यसपाली पनि पूरा हुनेमा सरोकारवाला निकाय भने ढुक्क हुन सकेका छैनन् । जनक शिक्षा सामग्री केन्द्रले कक्षा १ देखि ३ सम्मका १२ लाख थान, ४ देखि १० सम्मका २ करोड ४ लाख थान पुस्तक छाप्ने काम गरिरहेको छ । कक्षा ११ र १२ का लागि भने २४ लाख थान पुस्तक छाप्ने योजना रहेको केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले जानकारी दिनुभयो ।

केन्द्रले हालसम्म ४५ लाख थान किताब छापिसकेको छ । गएका वर्षहरूमा देखा परेका समस्या यस वर्ष नदोहोरिने गरि काम भइरहको केन्द्रको दाबी छ । शिक्षा मन्त्रालयका अनुसार सरकारी र निजीका गरी ८२ लाख विद्यार्थी छन् ।

उनीहरू सबैको हातमा किताब पु¥याउने गरी काम भइरहेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले दाबी गर्नुभयो । चालु शैक्षिकसत्रमा कागज अभाव र निर्वाचनका लागि मतपत्र छाप्नुपरेका कारण समयमै पाठ्यपुस्तक छाप्न नसकेको सरकारको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*