गठबन्धनको बैठक आज बस्दै

बकैया दर्पण संवाददाता
२८ पुष २०७९, बिहीबार ०८:२७

मकवानपुर । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुङ्गो लगाउने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् । तर, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागवण्डा टुङ्गिएको छैन ।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लक अनुसार, बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*