प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

बकैया दर्पण संवाददाता
२७ पुष २०७९, बुधबार १०:३७

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाँदै हुनुहुन्छ । गोरखामा आयोजना हुन लागेको ११ औं गोरखा महोत्सवको उदघाटन गर्न उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।

गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक त्यहाँ जान लाग्नुभएको हो । गोरखाको खेलकुद मैदान हरटारीमा माघे सङ्क्रान्तिको अवसरमा आयोजना हुन लागेको महोत्सव उद्घाटन गरी आजै प्रधानमन्त्री प्रचण्ड काठमाडौँ फर्किने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*