प्रधानमन्त्री पुष्पकमल दाहालले पाए विश्वासको मत

बकैया दर्पण संवाददाता
२६ पुष २०७९, मंगलवार १७:३७

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासको मत पाएका छन् । मंगलबार प्रतिनिधिसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा प्रतिनिधिसभाका २७० सदस्य उपस्थित थिए ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाका अनुसार, प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २६८ मत परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*