आज कांग्रेसको बैठक बस्दै

बकैया दर्पण संवाददाता
२६ पुष २०७९, मंगलवार ०९:३६

मकवानपुर । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नदिनेबारे निर्णय लिने बताइएको छ ।

सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वास मत माग्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिन देउवा सकारात्मक देखिएका छन् ।

पदाधिकारीसँग छलफलपछि आजै बिहान ९ बजे बस्ने संसदीय दलको बैठकमा सभापति देउवाले पार्टीको आधिकारीक धारणा संसद्हरुसमक्ष राख्ने कार्यसूची रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*