शुक्रबार सर्वदलीय बैठक बस्दै

बकैया दर्पण संवाददाता
२२ पुष २०७९, शुक्रबार १०:३३

मकवानपुर । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न शुक्रबार सर्वदलीय बैठक बोलाउनुभएको छ ।

शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ ।

बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने बताइएको छ । त्यस्तै, निर्वाचन भएर गठन भएको नयाँ संसदमा राष्ट्रपतिले सम्बोधन गर्ने अभ्यास छ । त्यसको व्यवस्था गर्नका लागि पनि सर्वदलीय बैठकमा छलफल हुनेछ ।

संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*