आज कांग्रेसले पत्रकार सम्मेलन गर्दै

बकैया दर्पण संवाददाता
२० पुष २०७९, बुधबार १०:३१

मकवानपुर । नेपाली कांग्रेसले बुधबार पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

नेपाली कांग्रेसले पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्दैछ । प्रवक्ता डा. प्रकाशशरण महतले आज दिउँसो ३ बजे केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर गत मंसिर ४ को निर्वाचन र अहिलेको समसामयिक विषयमा धारणा सार्वजनिक गर्न लागेका हुन् ।

त्यसक्रममा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटिएका प्रचार समितिका सदस्य लगायतलाई कांग्रेसले धन्यवाद ज्ञापन गर्ने तयारी छ । कांग्रेसलाई पहिलो पार्टी बनाउन सहयोग गर्ने प्रचार समितिका सदस्यहरुलाई धन्यवाद दिने कार्यक्रम पनि रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। कांग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*