राष्ट्रिय सभाको बैठक बस्दै

मकवानपुर । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो एक बजेर बस्ने बैठकमा सम्भावित तीन कार्यसूची छन् । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची...

राष्ट्रपति निर्वाचन : आज दाबी विरोधमा उजुरी दिने कार्यक्रम

मकवानपुर । राष्ट्रपति पदको निर्वाचन तालिकाबमोजिम आज दाबी विरोधमा उजुरी दिने कार्यक्रम छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहान १० देखि २ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने कार्यतालिका रहेको छ। गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता...

बागमती प्रदेशका राप्रपाका मन्त्रीहरुले मुख्यमन्त्रीलाई बुझाए राजीनामा

मकवानपुर । बागमती प्रदेशका राप्रपाका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई संयुक्तरूपमा राजीनामा बुझाएका छन् । शनिबार राति ८ः३० बजे राप्रपाका तीनै जना मन्त्रीले हेटौंडास्थित मुख्यमन्त्री क्वार्टर पुगेर राजीनामा पत्र बुझाएका हुन् । संयुक्त रुपमा बुझाइएको राजीनामा पत्रमा भनिएको छ, ‘हालै...

राष्ट्रपतिमा दुई पूर्वसभामुखको प्रतिस्पर्धा : यस्तो छ, पौडेल र नेम्वाङको राजनीतिक यात्रा

मकवानपुर । राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । यही फागुन २५ गते हुने राष्ट्रपति पदको चुनावमा लागि आज नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल तथा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभयो । पौडेल र...

कांग्रेसका रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

मकवानपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका...

राप्रपाका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिए

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन् । राप्रपाको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धुब्रबहादुर प्रधान र ऊर्जा,...

राष्ट्रपतिमा सहमति जुटाउन नेताहरूको दौडधूप जारी

मकवानपुर । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्न एक दिन बाँकी रहँदा दलका नेताहरूको दौडधूप जारी रहेको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि भोलि शनिबार उम्मेदवारी मनोनयनको तालिका रहेको भएपनि अझ सम्म पनि दलहरूले उम्मेदवार टुंगो...

बालुवाटारमा कांग्रेससहित चार दलको बैठक जारी

मकवानपुर । नेपाली कांग्रेससहित चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरु सहभागी छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता...

सरकारले संवैधानिक परिषदसम्बन्धी विधेयक संसदमा दर्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई स्वीकृति दियो

मकवानपुर । सरकारले संवैधानिक परिषदसम्बन्धी विधेयक संसदमा दर्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई स्वीकृति दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले संवैधानिक परिषद (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गर्न...

शनिबारबाहेकका विदामा महत्वपूर्ण सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषदको बैठकमा छलफल

मकवानपुर । शनिबारबाहेकका सार्वजनिक विदाको दिन महत्वपूर्ण सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषदको बैठकमा छलफल भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकमा सार्वजनिक विदा धेरै भएको भनी सार्वजनिक रुपमा भएको आलोचनालाई कम गर्नका लागि महतवपूर्ण सरकारी कार्यालय खोलेर सेवा प्रदान गर्ने...