बुधबार विश्वासको मत लिने कोशीका मुख्यमन्त्री कार्कीको तयारी

बकैया दर्पण संवाददाता
२९ आश्विन २०८०, सोमबार ११:४५

मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधवार विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिनेबारे मुख्यमन्त्री कार्कीले सत्ता साझेदार दल नेकपा एमालेसँग आज छलफल गर्दैछन् ।

आज दिउँसो विश्वासको मत लिनेबारे छलफल गर्न मुख्यमन्त्रीले बोलाएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए।

दशैँअघि नै विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री कार्कीको तयारीछ । कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेसबाट बिद्रोह गरेका ८ र एमालेका ३९ जनाले हस्ताक्षर गरेका थिए ।

सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अगाडि सारेपछि कांग्रेसको डाक्टर शेखर कोइराला पक्षका कार्की ८ सांसदसहित विद्रोह गर्दै एमालेको सहयोगमा मुख्यमन्त्री बनेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*