सहिद दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित सहिद स्मारक विकास समितिले सहिद दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको जानकारी दिएको छ । हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिदहरुको सम्झनामा विविध कार्यक्रमको आयोजना गर्दै आएको उक्त समितिले...
बागमती प्रदेशसभाको अधिवेशन माघ १८ गते बोलाउन सिफारिस
हेटौंडा । बागमती प्रदेशसभाको अधिवेशन माघ १८ गते बोलाउनको लागि प्रदेश प्रमुखलाई पत्राचार गर्ने बागमती प्रदेश सरकारले निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको १५ औं अधिवेशनको मिति तय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री...
बागमती गोल्डकप फुटबलको मिति २ दिन पछि सर्यो
बकैया दर्पण : बागमती गाउँपालिकामा आयोजना हुने सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको मिति सरेको छ । बुधबार एक सूचना जारी गर्नुहुँदै गाउँपालिकाको खेलकुद विकास समितिका संयोजक रहर सिंह थिङ्ले तयारीका लागि समयको अभाव परेको कारणले प्रतियोगिताको मिति...
भरुवा बन्दुकसहित राक्सिराङका थिङ पक्राउ
बकैया दर्पण: मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-१ स्थित गडुवानका ५२ वर्षीय जीत बहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मंगलबार साँझ ५ बजेको समयमा विशेष सूचनाको आधारमा...
मनहरीबाट गाँजासहित मोक्तान पक्राउ
बकैया दर्पण : मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी–९, मगरटोलका ५४ वर्षीय दुर्गाबहादुर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मंगलबार बिहान ६ बजेर ४५ मिनेटको समयमा इलाका प्रहरी कार्यालय...
बकैयामा सोनाम ल्होछारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुँदै
बकैया दर्पण : बकैया गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ घेदुङ संघ बकैयाको आयोजना, वडा नम्बर १ को समन्वय र गाउँपालिकाको संरक्षकत्वमा आगामी माघ १२ गते बकैया-१ स्थित चिसापानीमा कार्यक्रम हुने भएको हो...
११ किलो गाँजासहित हेटौंडाबाट २ जना पक्राउ
बकैया दर्पण : मकवानपुर प्रहरी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका-१ का ४२ वर्षीय सुरेश दास थारु र पर्सागढी नगरपालिका-२ का २९ वर्षीय अर्जुन महतो थारु रहेका छन् । सोमबार बिहान...
राक्सिराङबाट २१२ किलो गाँजा बरामद, २ जना फरार
बकैया दर्पण : मकवानपुर प्रहरीले राक्सिराङबाट २ सय १२ किलो गाँजासहित बोलेरो गाडीलाई नियन्त्रणमा लिएको छ । बिहिवार बिहान ७ बजेको समयमा राक्सिराङ-५, चैनपुर मा कैलाशबाट मनहरीतर्फ आउँदै गरेको बा १० च ७७५८ नम्बरको बोलेरो पिक गाडीबाट उक्त गाँजा...
नयाँ दलहरु पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे छन्: लिङ्देन
हेटौंडा । पूर्व उपप्रधान तथा जलस्रोत मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ भनिएका दलहरु पनि अरुलाई देखाएर आफूहरुले पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगेको बताएका छन् । राप्रपा मकवानपुरले हेटौंडामा गरेको अगुवा कार्यकर्ता...
‘सरकारी विद्यालय सुधारको जिम्मा समुदायलाई दिइने’
नुवाकोट। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले सरकारी विद्यालयको गुणस्तर कस्तो बनाउने भन्ने जिम्मेवारी समुदायको हातमा रहेको बताउनुभएको छ । नुवाकोटको विदुर–५ माझीटारमा रहेको च्वाडीपब्लिक माध्यमिक विद्यालयको वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सरकारी विद्यालयलाई स्रोतसाधनले सम्पन्न बनाउने जिम्मा राज्यले...










