सभामुखमा एमालेका घिमिरेको उम्मेदवारी दर्ता

मकवानपुर । नेकपा (एमाले)का सांसद देवराज घिमिरेले प्रतिनिधिसभा सभामुख पदमा उम्मेदवारी दिनुभएको छ । बुधबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पुगेर सांसद घिमिरेले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो । सत्तारुढ दलहरुको साझा उम्मेदवार रहनु भएका उहाँलाई एमाले...

कांग्रेसले सभामुखको उम्मेदवारीका लागि प्रधानमन्त्रीको धारणा कुर्ने

मकवानपुर । नेपाली कांग्रेसले सहयोगी दलहरुसँग छलफल गरेर प्रतिनिधि सभा सभामुख निर्वाचनमा लाग्ने बताएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सभामुखको लागि उम्मेदवारी दर्ता गर्ने केही...

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मागे देउवासँग विश्वासको मत

मकवानपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मधेश प्रदेश सरकारका मुख्यमन्त्रीका लागि विश्वास मत माग्न काँग्रेसका सभापति शेरबहादुर देउवाकहाँ पुगेका छन् । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवले आज त्यहाँको प्रदेश सभामा विश्वासको मत लिने भएका छन्...

एमालेका देवराज घिमिरे सभामुखका उम्मेदवार

मकवानपुर । सत्ता साझेदार दलका तर्फबाट प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने निश्चित भएको छ । एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताबीच भएको यसअघिको सहमतिअनुसार घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागिएको एमाले उपाध्यक्षसमेत रहेका नेता सुवास नेम्वाङले...

नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु

मकवानपुर । सभामुखको उम्मेदवारीबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक सुरु भएको हो । बैठकमा सभामुखमा उम्मेदवारीबारे निर्णय हुने संसदीय दलका मुख्य सचेतक रमेश लेखकको भनाइ छ । सर्वदलीय...

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिँदै

मकवानपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । उनलाई सत्तारुढ गठबन्धनमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी लगायतले विश्वासको मत दिने निर्णय गरिसकेका छन् । नेकपा एकीकृत...

जसपा संसदीय दलको बैठक आज बस्दै

मकवानपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । उक्त बैठकमा सभामुख निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । यसअघि मंगलबार पार्टी कार्यालयमा...

कर्णाली प्रदेशसभाको उपसभामुख चयन गरिँदै

मकवानपुर । कर्णाली प्रदेशसभाको उपसभामुख बुधबार चयन गरिँदैछ । मंगलबार बसेको प्रदेशसभा बैठकले उपसभामुख चयनका लागि दिउँसो १ बजेको समय तोकेको हो । कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम (९) बमोजिम उपसभामुख चयन गर्न लागिएको हो। यसअघि आइतबार प्रदेशभाले...

प्रतिनिधि सभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदै, कांग्रेसको पदाधिकारी बैठक बस्दै

मकवानपुर । प्रतिनिधि सभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ । मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ ।...

बागमती प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित

मकवानपुर । बागमती प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले मंगलबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।...