मिटरब्याज सम्बन्धि विधेयक राष्ट्रियसभा बैठकमा आज टेवुल हुने

मकवानपुर । राष्ट्रियसभा बैठक बिहीबार बिहान ११ बजे बस्दैछ । बैठकमा मिटरब्याजविरुद्धको विधेयक सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश पेश गर्ने कार्यसूचि रहेको छ । राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० का सम्बन्धमा...

कोसी प्रदेश सरकार गठन बिवादको रिटमा आज फैसला सुनाइने

मकवानपुर । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदनमा बिहिबार फैसला आउने भएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएपछि हेर्दाहेर्दैमा राखेर...

कोशी प्रदेश सरकार विवादः सुनुवाइ सकियो, फैसला सुनाउने तयारी

मकवानपुर । कोशी प्रदेश सरकारमा सरकार गठनसम्बन्धी विवादको रिटमा सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ सकिएको छ । न्यायाधीहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाइ सकिएको हो । न्यायाधीशहरु फैसला सुनाउने तयारीमा रहेका छन् । प्रदेश सभाका...

प्रतिनिधि सभा बैठकमा सुन प्रकरणको जवाफ माग्दै एमालेद्वारा अवरोध

मकवापनुर । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुर्पो माग गर्दै एमालेले संसद बैठक अवसरोध गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको झण्डै सय...

वर्षैदेखि हुँदै आएको सेटिङ मध्ये सुन प्रकरण पनि एक हो भन्ने रवि लामिछानेको दाबी

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले सरकारले सुन प्रकरण वर्षैदेखि हुँदै आएको सेटिङ मध्ये अर्को एउटा सेटिङ भएको बताउनु भएको छ । लामिछाने नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन काण्डबारे आइपुग्दा यसमा...

एमालेको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भन्ने धारणा

मकवानपुर । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका नाममा गृहमन्त्रीले स्टन्ट मात्र गरेको भन्दै उच्च स्तरीय छानबिन समिति बनाउन माग गरेको छ । बुधबार बसेको प्रतिनिधीसभाको बैठकमा आकस्मिक समय बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले यस्तो बताउनु भएको...

गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागे कांग्रेस सांसद सुनिल शर्माले

मकवानपुर । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा। प्रकाशशरण महतको राजीनामा माग्नु भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय...

कोशी प्रदेश सरकार गठनको विवादमा निर्णय सुनाउँदै सर्वोच्चः थापाले निरन्तरता पाउलान् कि एमालेले पुनः मुख्यमन्त्री पाउलारु

मकवानपुर । कोशी प्रदेश सरकारमा सरकार गठनसम्बन्धी विवादको रिटमा सर्वोच्च अदालतले बुधबार अन्तिम सुनुवाइ गर्दैछ । न्यायाधीहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले सम्मवतः बुधबार नै फैसला सुनाउनेछ । प्रदेश सभाका सभामुख बाबुराम गौतम समेतको हस्ताक्षर...

आज सकिंदै कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक

मकवानपुर । नेपाली कांग्रेसको केन्दिय कार्यसमितिको बैठक बुधबार सकिंदैछ । साउन २ गतेदेखि चलेको बैठकको निर्णय लेखनमा भने नेताहरुबीच गलफत्ती चलिरहेको छ । मंगलबार बसेको बैठकले निर्णय लेखनमा सहमति जुटाउन नसकेपछि बुधबार फेरी पदाधिकारी बैठक बसेर निर्णयलाई अन्तिम रुप...

आज बस्दै प्रतिनिधिसभा बैठक

मकवानपुर । प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संसदमा पेश हुने...