ओली जितको नजिक

मकवानपुर । गत आइतबार सम्पन्न भएकाे प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार एवं अध्यक्ष केपी शर्मा ओली जितको नजिक पुग्नु भएको छ । बुधबार बिहानसम्म झापा ५ मा ७१ हजार ४...

प्रतिनिधि सभातर्फ अहिलेसम्म २४ वटा निर्वाचन क्षेत्रको नजिता सार्वजनिक

मकवानपुर । आमनिर्वाचनको मत गणनाको परिणाम आउने क्रम जारी छ । प्रतिनिधि सभातर्फ अहिलेसम्म २४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस १३ ठाउँमा विजयी भएको छ भने नेकपा एमाले चार सिटमा जित निकालेको...

एमालेका कृष्णगोपाल श्रेष्ठ चौथो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित

मकवानपुर । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठ प्रतिनिसभा सदस्यकारुपमा चौथो पटक सङ्घीय संसद्मा प्रवेश गर्दै हुनुहुन्छ। मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सशक्त भूमिका खेल्नुभएका श्रेष्ठ यस पटक एमालेका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट विजयी हुनुभएको हो...

१३५ निर्वाचन क्षेत्रको मतगणना जारी

मकवानपुर । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको मतगणना जारी छ । अहिलेसम्म नेपाली कांग्रेसका तीन उम्मेदवार...

कैलाली–३ नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

मकवानपुर । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टिका गंगाराम चौधरी विजयी भएका छन् । उनले २३ हजार १ सय २० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फ माओवादीका कृष्ण चौधरीले १७ हजार ७...

झापा ५ : ओलीलाई १३ हजार मत आउँदा अधिकारीलाई ७ हजार

मकवानपुर । झापा क्षेत्र नम्बर ५ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर आफ्नो अग्रता कायम गरेका छन् । प्राप्त पछिल्लो विवरणअनुसार २६ हजार ५१३ मत गणना भएको छ । जसमा ओलीले १३ हजार २७८ मत पाएका छन् ।...

काठमाडौं ४ मा भारी मतले गगन विजयी

मकवानपुर । काठमाडौं निर्वाचन क्षेत्र नम्बर –४ बाट प्रतिनिधि सभामा नेपाली काँग्रेसका गगन थापा विजयी हुनुभएको छ । गत आइतवार प्रतिनिधि र प्रदेश सभाका लागि देशैभर मतदान भएको थियो । मंगलबार बिहान सकिएको मतगणनमा एमालेका उम्मेवारलाई हराएर थापा विजयी...

१३७७१ मत गणना गर्दा महेश बर्तौला ३५१ मतले अगाडि

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ को ताजा मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म १३ हजार ७७१ मत गणना गर्दा नेकपा एमालेका महेश बर्तौलाले ५ हजार ६७१ मत ल्याएका छन् । त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनका विरोध खतिवडाले ५ हजार...

काठमाडौं- १ मा कांग्रेसका प्रकाशमान सिंह निर्वाचित

मकवानपुर । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतान्तरले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् । सिंहले...

कमल थापालाई पछि पार्दै डिना उपाध्यायको अग्रता

मकवानपुर । मकवानपुर-१ मा राप्रपा नेपालका उम्मेदवार कमल थापालाई पछि पार्दै नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिनुभएकाे छ । अहिलेसम्म एक हजार ३३५ मत गणना हुँदा उपाध्यायले ७८९ मत पाउनुभएकाे हाे । सूर्य चिह्नबाट चुनाव लडेका राप्रपा...