बरिष्ठ पत्रकार कौशल पाण्डेको निधन

बकैया दर्पण संवाददाता
११ कार्तिक २०७९, शुक्रबार १०:५४

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वसभापति कौशल पाण्डेको निधन भएको छ । हेटौंडा उपमहानगरपालिका ४ स्थित उनको निवासमै निधन भएको हो । लामो समयदेखि कलेजोको क्यान्सरबाट पीडित पाण्डेको बिहीबार साँझ निधन भएको हो । २०५८ सालमा नेपाल पत्रकार महासंघ मकवानपुरको सभापति भएका पाण्डे २००४ साल पुस १५ गते जन्मिनुभएको हो ।

क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सल्लाहकार एमव् मकवानपुरका संस्थापक अध्यक्ष पाण्डे साहित्यकारको रुपमा पनि परिचित नाम हो । हेटौंडाबाट प्रकाशन हुने प्रयास साप्ताहिकका प्रकाशक सम्पादक रहनुभएका पाण्डे प्रेस काउन्सिल पुरस्कारबाट पुरस्कृत र सम्मानित हुनुभएको छ । श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका पाण्डेले लामो समय प्रध्यापक पेशामा समेत क्रियाशील रहनुभयो ।

उहाँको शुक्रबार राप्तीतटमा अन्त्येष्टी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*