मिडिया निस्पक्ष हुनेमा बिश्वस्त छु : रवि लामिछाने

बकैया दर्पण संवाददाता
५ कार्तिक २०७९, शनिबार ०९:४२

मकवानपुर । निर्वाचनका समयमा सबै मिडिया र मिडियाकर्मीहरूले स्वतन्त्र र निस्पक्ष भएर काम गर्ने अपेक्षा रहेको राष्ट्रिय स्वतन्त्र पार्टिका केन्द्रीय सभापति रवि लामिछानेले बताउनुभयो ।

शनिबार बिहान हेटौंडामा आएर पार्टीको कार्यकर्ता भेटघाटका क्रममा पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले आफू पनि लामो समय मिडियाकर्मी रहेकोले मिडियासँग धेरै अपेक्षा रहेको बताउनुभएको छ । उहाँले आफ्ना कार्यकर्ताहरुसँग निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न आग्रह गर्नुभएको छ । उहाँले मिडियामा रहदा पनि फरक धारमा काम गरेकोले नीतिगत रूपमा धेरै परिवर्तन गर्न राजनीतिमा आएको दावि गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टि मकवानपुरका सभापति राजकुमार न्याैपाने, उम्मेदवारहरु तथा पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*