भीमफेदी दुर्घटना : मृतक ७ मध्ये ६ को पहिचान खुल्यो

बकैया दर्पण संवाददाता
७ आश्विन २०७९, शुक्रबार १०:०४

मकवानपुर । मकवानपुरको भीमफेदी(६ को जुरीखेतमा बस दुर्घटनामा मृत्यु भएका ७ जनामा ६ जनाको सनाखत भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा नुवाकोट बस्ने ३५ वर्षीय रघुराज न्यौपाने, बाराको झिटकैया –४ बस्ने ३३ वर्षीय अन्दुलाहा मियाँ ठकुराइ, बाराको हरपुर गाउँपालिका वडा नम्वर २४ बस्ने २५ वर्षीय शेख अरमान, मकवानपुरको मकवानपुगढी गाउँपालिका–२ बस्ने ४३ को मदन बिक, पर्साको बिरगंज महानगरपालिका वडा नम्वर ३१ सक्कलपुर बस्ने ४५ वर्षीय हृदय नारायण पन्जियार र भारतको मोतिहारी बस्ने ३५ वर्षीय शरद नारायण शर्मा रहेका छन् ।

दुर्घटनामा मृत्यु भएका अन्य एक जनाको भने सनाखत गर्ने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताउनुभयो । मृतक सबैको शव पोस्टमार्टमको लागि हाल हेटौंडा अस्पतालमा राखिएको छ । घाईते २५ जना मध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाई रहेको छ । ती गम्भीर ४ जनालाई चितवनको मेडिकल कलेजमा पठाइएको छ भने अन्यको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

बिहीबार दिउँसो हेटौंडा–भीमफेदी–सिस्नेरी–काठमाडौं जोड्ने छोटो दूरीको सडकमार्गमा काठमाडौंबाट विरगंज जान आउँदै गरेको ना ३ ख ७८५८ नम्बरको बस जुरीखेतमा दुर्घटना हुँदा घटनास्थलमै ६ जना र उपचारको क्रममा एक जना गरी ७ जनाको मृत्यु भएको थियो ।

बस आफै अनिन्त्रित भएर सडकबाट करिब ६० मिटर तल सडकमा खस्दा हेटौंडाबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३००१ ज ०२७१ नम्बरको सुमोमा ठोक्किदाँ सुमोको यात्रु समेत घाईते भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*