७४ किलो लागूऔषधसहित हेटौंडाबाट दुई जना पक्राउ

बकैया दर्पण संवाददाता
१८ भाद्र २०७९, शनिबार ११:०१

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित हेटौंडाबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले आज शनिबार बिहान २ः१५ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० राप्तीपुल नजिकैबाट ७४ किलो ७० ग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नुवाकोटको बिदुर नगरपालिका वडा नम्वर १३ बस्ने ३१ वर्षीय प्रकाश तामाङ र पर्साको ठोरी गाउँपालिका वडा नम्वर ३ बर्मानगर बस्ने ३४ वर्षीय चन्द्रकुमारी श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी साहयक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

बिहान चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९४२ नम्वरको तरकारी बोक्ने पिकअप गाडीलाई उक्त स्थानमा रोकी चेकजाँच गर्दा तरकारी बोक्ने क्रेपटमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा बरामद भएपछि गाडी चालक तामाङ र गाडीमा सवार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

साथै प्रहरीले उनीहरुको साथबाट नगद ३१ हजार ७०० रुपैयाँ बरामद गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताउनुभयो । प्रहरीले बरामद गाँजा, नगद रुपैयाँ र गाडीसहित पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*