मकवानपुर १ (ख) बाट काङ्ग्रेस र एमालेको उम्मेदवारहरुको नाम सिफारिस

बकैया दर्पण संवाददाता
१८ भाद्र २०७९, शनिबार ०९:४८

मकवानपुर । नेकपा एमाले मकवानपुरले आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनको लागि १ (ख) मा प्रदेशसभा निर्वाचन क्षेत्रको लागि नाम सिफारिस गरेको छ ।

प्रदेशसभा १ (ख) बाट रघुनाथ खुलाल, श्रीधर पोखरेल, एकलाल श्रेष्ठ, भोजराज ढकाल, सम्राट तुम्बाहाम्फे र आरती पाठकको नाम सिफारिस गरेको जिल्ला कमिटी सचिव नविन सिग्देलले जानकारी दिनुभयो ।
यता, नेपाली काङ्ग्रेसले पनि शुक्रबार प्रदेश १ (ख) मा प्रदेशसभा निर्वाचनको लागि नाम सिफारिस गरेको छ ।

प्रदेशसभा १ (ख) बाट आनन्दराम पराजुली, प्रभात दाहाल, अशोक राज शाक्य, तारानाथ दाहाल, अञ्जना उपाध्याय, ईश्वर पाठक, होमनाथ गौतम र अर्जुन चौँलागाईको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मकवानपुर १ को संघिय कार्यसमितिले सो नामहरु जिल्लामा सिफारिस गरेको हो ।

नेपाली काङ्ग्रेसले भने समानुपातिकतर्फको नामसमेत सिफारिस गरेको नेपाली काङ्ग्रेस मकवानपुर १ का संघिय सभापति दामोदर खनालले वकैया दर्पणलाई बताउनुभयो ।

प्रदेशसभा १ (ख) बाट समानुपातिक तर्फबाट महिलातर्फ राधा कोइराला, लक्ष्मी देवि श्रेष्ठ, अमृता थापा मगर, ईन्दिरा न्यौपाने, मुना कुमारी पाठक, लक्ष्मि थिङ, तारा कुमारी राई कार्की र सर्मिला श्रेष्ठको नाम सिफारिस गरेको छ । यस्तै पुरुषतर्फ भने बिष्णु लामिछाने, कविन सांगामी, चम्फुरत्न लामा, प्रदिप कोइराला र रमेश गिरीको नाम सिफारिस गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*