हेटौंडाको बुद्धचोकबाट तीन क्वीन्टल गाँजा बरामद, चालक फरार

बकैया दर्पण संवाददाता
१७ भाद्र २०७९, शुक्रबार १७:१३

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाको बुद्धचोकबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले शुक्रबार हेटौंडा उपमहानगरपालिका–१० बुद्धचोकबाट ३ सय ५ किलो लागूऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, थानाभर्याङबाट बुद्धचोकतर्फ आउँदै गरेको ना ८ ख १७३८ नम्वरको टिपरलाई शंका लागेर चेकजाँच गरिएकोमा उक्त परिमाणको गाँजा बरामद भएको हो । उक्त गाँजा ओसारपसारमा संलग्न टिपर चालक भने फरार रहेको प्रहरी प्रहरी नायव उपरीक्षक कार्कीले बताउनुभयो ।

उनको खोजी कार्य गर्नुका साथै प्रहरीले बरामद गरेको तीन क्वीन्टल गाँजा र टिपरलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*