माओवादी केन्द्र सुदूरपश्चिममा पहिलाे दल बन्दै

बकैया दर्पण संवाददाता
१६ भाद्र २०७९, बिहीबार ११:५७

मकवानपुर । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपाल (माओवादी) केन्द्र पहिलाे दल बन्ने भएको छ ।

हाल प्रदेश सभामा पहिलाे दल रहेको नेकपा एकीकृत समाजवादी पार्टी (एस) का दुई जना प्रदेश सभा सदस्य तारा लामा तामाङ र कुलबीर चौधरी नेकपा एमाले प्रवेश गरेसँगै उनीहरू निलम्बनमा पर्ने भएका छन् । त्यसका लागि नेकपा एसबाट एमालेमा गएका प्रदेश सभा सदस्य तारा लामा तामाङ र कुलवीर चौधरीलाई नेकपा एसको संसदीय दलले कारबाहीका लागि संसद सचिवालयमा पत्र पठाउनुपर्ने छ ।

१४ प्रदेश सभा सदस्यसहित पहिलाे पार्टी बनेको नेकपा एसका दुई सदस्य निलम्बनमा परेमा अब उसँग १२ प्रदेश सभा सदस्य मात्रै बाँकी रहने भएका छन् । नेकपा एसका प्रदेश सभा सदस्यको संख्या १२ जना मात्रै रहेपछि १३ प्रदेश सभा सदस्य रहेको माओवादी प्रदेशको पहिलाे दल बन्ने भएको हो ।

२०७४ सालमा सम्पन्न प्रदेश निर्वाचनमा १४ सांसद जितेको माओवादीबाट एक जना झपट बोहरा एमालेमा प्रवेश गरेसँगै १३ जना मात्रै थिए । अब नेकपा एस दोस्रो दल बन्ने भएकाे छ । ११ प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेस तेस्रो र १० प्रदेश सभा सदस्य रहेको एमाले चौथो दल बनेका छन् । एक-एक जना प्रदेश सभा सदस्यको जसपा र लोसपा चौथो दल बन्ने छन् ।

५३ प्रदेश सदस्य रहेको प्रदेश सभामा थप दुई जना निलम्बन हुँदा ४७ सदस्य रहने छन् । हाल नेपाली कांग्रेसबाट डडेल्धुराका कर्ण मल्ल र माओवादीबाट अछामका झपट बोहरा निलम्बनमा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*