मकवानपुरमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बकैया दर्पण संवाददाता
१४ भाद्र २०७९, मंगलवार ११:११

मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका–१८ कठायत चोकमा गएराति जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका १ का ३१ वर्षीय धर्मेन्द्र राम थारु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो । ठुलोदमारबाट हटियातर्फ आउँदै गरेको ना ५ च २९९ नम्बरको जिपले सडक छेउमा रोकिराखेको बा ४४ प ३८०२ नम्बरको मोटरसाइकललाई गएराति साढे ९ बजे ठक्कर दिएको हो । फरार रहेका जिप चालकको खोजी भइरहेको अस्थाई प्रहरी पोष्ट हटिया मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*