वकैयामा ट्याङ्करसँग अटो ठोक्कियो, ४ जना घाइते

बकैया दर्पण संवाददाता
१० भाद्र २०७९, शुक्रबार १२:४८

मकवानपुर । वकैया गाउँपालिका वडा नम्बर ४ महेन्द्र मावि नजिकै शुक्रबार बिहान दुध बोक्ने ट्याङ्करसँग अटो ठोक्किएको छ ।

जुरेलीबाट हात्तिसुडेँ जादै गरेको ना १ ख १७०३ नम्बरको दुध बोक्ने ट्याङ्करले सोही दिशामा गइरहेको प्रदेश ३–०३–००१ ह २४६ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

ट्याङ्करसँग अटो ठोक्किदा ४ जना घाइते भएको अस्थायी प्रहरी पोष्ट गरगरेका हवल्दार टेक बहादुर घिसिङले जानकारी दिनुभएको छ ।

घाईतेहरुमा ७ महिनाको शिसु सुप्रिना घिसिङसहित वकैया–४ नयागाउँका मानविर घिसिङ, प्रितम घिसिङ र अटो चालक नवराज भोलन रहेका छन् । उनीहरु ४ जनाकै हेटौँडा सहकारी अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

दुध बोक्ने ट्याङ्करका चालक अन्दाजी बर्ष ५३ का रामचन्द्र अर्याल फरार रहेको र प्रहरीले खोजी गरीरहेको प्रहरी हवल्दार घिसिङले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*