मकवानपुरमा तीन क्विन्टल बढी गाँजा बरामद

बकैया दर्पण संवाददाता
१० भाद्र २०७९, शुक्रबार १०:२०

मकवानपुर । मकवानपुर प्रहरीले तीन क्विन्टल भन्दा बढी लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर २ भैसेबाट २ सय ५६ केजी २८ ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका वडा नम्वर ९ महभिर बस्ने ३५ वर्षीय प्रकाश लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ । उनलाई ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले बिहीबार बिहान उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो । नामटारबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख ३९८७ नम्वरको आईचर ट्रक जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध गाँजा बरामद भएपनि ट्रक चालक लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, ईलाका प्रहरी कार्यालय भीमफेदीबाटै खटिएको प्रहरी टोलीले ना.८ ख २७१८ नम्वरको आईचर ट्रकबाट करिब ७४ केजी लागूऔषध गाँजा बरामद गरेको छ । उक्त लागूऔषध बरामद गरिएपनि ट्रक चालक भने फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*