बकैयामा भ्रष्टाचार न्यूनिकरण र सुशासन प्रर्वद्धन विषयक अन्तरक्रिया कार्यक्रम

बकैया दर्पण संवाददाता
६ भाद्र २०७९, सोमबार १५:५८

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले बकैया गाउँपालिकामा भ्रष्टाचार न्यूनिकरण र सुशासन प्रर्वद्धन विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

कार्यालयले आइतबार बकैयाँ गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिकास्थित माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरु, बकैया गाउँपालिकामा अवस्थित संघीय प्रादेशिक तथा स्थानीय तहका कार्यालका प्रमुखहरु, गाउँपालिकाका प्रमुख स्तरका कर्मचारी, स्थानीय गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरुको सहभागितामा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रम बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यता एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका कार्यालय प्रमुख नरहरि घिमिरेको सभाध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा कार्यालय प्रमुख घिमिरेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा आयोगको कार्यालय, हेटौंडाबाट सम्पादन भएका काम कारबाहीहरू तथा भ्रष्टाचार न्यूनिकरण एवम् सुशासन प्रवर्धनका सन्दर्भमा भएका प्रगति स्थितिबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका उपसचिव विष्णु प्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्दै स्थानीय तहसँग सम्बन्धित उजुरीको प्रवृत्ति र सुशासन प्रवर्धनमा स्थानीय तहको भूमिका विषयक कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थिया ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*