बकैयामा यस बर्षबाट बाली बीमा कार्यक्रम शुरु हुने

बकैया दर्पण संवाददाता
६ भाद्र २०७९, सोमबार १३:३२

मकवानपुर । अघिल्लो बर्ष धान क्षतीको राहत रकम वितरणमा संघीय सरकारले विभेद गरे पछी, आर्थिक बर्ष २०७९/८० देखि बकैया गाउँपालिकाले सबै किसानलाई हुने गरि बाली बीमा कार्यक्रम शुरु गर्ने भएको छ । बकैया गाउँपालिका कृषि शाखाले तयार पारेको मस्यौदा अनुसार यसै बर्षबाट अन्न बाली र बहुबर्षीय बाली तथा फलफूल खेतीमा यो कार्यक्रम लागु हुनेछ ।

लागू हुने बीमा कार्यक्रमको प्रिमियममा संघीय सरकारको असी प्रतिशत अनुदान र बाँकि बीस प्रतिशत स्थानीय सरकार र कृषक स्वयमले ब्यहोर्नु पर्ने छ । बकैया गाउँपालिकाले भने ५ गठ्ठा जमिन हुनेलाई सत् प्रतिशत, दश गठ्ठा हुनेलाई ७५ प्रतिशत र एक बिगाहा जमिन हुनेलाई ५० प्रतिशत प्रिमियम अनुदान दिने गरी मस्यौदा तयार बनाएको कृषि प्राबिधिक शर्मिला सुबेदीले बकैया दर्पण अनलाइनलाई बताउनु भयो ।

बीमा कार्यक्रम लागु भएपछी पालिका भरिका सम्पूर्ण किसानले समान रुपमा बीमा सुबिधा पाउने हुदा बिगतका बर्षहरुमा जस्तो सुबिधा प्राप्त गर्ने सवालमा ऐलानी र नम्बरीको समस्या न आउने बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको तर्क छ । उपाध्यक्ष भक्तबहादुर खत्रीले भने बाली बीमा कार्यक्रमले जोखिम न्यूनीकरण हुने र किसानलाई राहत मिल्ने हुदा यो कार्यक्रम बकैया गाउँपालिकाको लागि उपयुक्त रहेको बताउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*