मकवानपुरको थाहामा एक जनाको शव फेला

बकैया दर्पण संवाददाता
२ भाद्र २०७९, बिहीबार १०:०६

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा एक जनाको शव फेला परेको छ । जिल्लाको थाहा नगरपालिका वडा नम्वर ३ गुफाडाँडामा आज बिहान एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
उक्त शव स्थानीय ५८ वर्षीय राम गोपालीको रहेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक दुर्गा खनालले जानकारी दिनुभयो । उहाँका अनुसार, गोपालीको शव सल्लाहको रुखमा झुण्डिएको अवस्थामा बिहान फेला परेको हो ।

हाल घटनास्थलतर्फ पालुङ प्रहरी टोली रहेको छ । गोपालीको शव पोष्टमार्टमको लागि हेटौंडा ल्याउने तयारी भइरहेको र घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*