मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु

बकैया दर्पण संवाददाता
२६ श्रावण २०७९, बिहीबार १५:१५

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी गाउँपालिका वडा नम्वर–९ खरंगामा एम्बुलेन्सको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला घर भई खरंगास्थित छोरीको घरमा बस्दै आएकी ५२ बर्षीया नमुना शेर्पा रहेकी छिन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सले उनलाईं ठक्कर दिएको प्रहरीले जनाएको छ । उनको मृत्युपछि स्थानीयले अवरुद्ध गरेको राजमार्ग आधा घण्टापछि खुलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*