क्वीक ट्वान्टीमा करेन्ट लागेर लामिछानेको मृत्यु

बकैया दर्पण संवाददाता
२२ श्रावण २०७९, आईतवार १५:५२

मकवानपुर । हेटौंडा–४ स्थित क्वीक ट्वान्टी होटलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुने बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१५ का २४ वर्षीय प्रदीप लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

शनिबार साँझ ७ बजेको समयमा होटलको छतमा बसिरहेको लामिछानेलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएकोमा डाक्टरले पौने ८ बजेको समयमा लामिछानेलाई मृत घोषणा गरेको थियो । लामिछानेलाई छतमा रहेको सोलार सट भई करेन्ट लागेको हुन सक्ने प्रवक्ता कार्कीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*