संघीय सरकारविरुद्ध मधेस सरकारले चरणबद्ध आन्दोलन गर्ने

बकैया दर्पण संवाददाता
१८ श्रावण २०७९, बुधबार १२:२३

मकवानपुर । मधेस प्रदेश सरकारले संघीय सरकारले प्रहरी समायोजना गर्न आलटाल गर्दै आइरहेको भन्दै चरणबद्ध रूपमा आन्दोलन गर्ने निर्णय गरेको छ।

बुधबार प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँडसहित गठबन्धनका शीर्ष नेताहरूलाई ज्ञापनपत्र बुझाए पनि प्रहरी समायोजनमा संघीय सरकार गम्भीर नबनेको आरोप लगाउनुभयो ।

सात दिने अल्टीमेटलसहित दिइने ज्ञापनपत्र पछि पनि सरकार प्रहरी समायेजन नगरे संर्घषका थप कार्यक्रहरू सार्वजनिक गरिने मन्त्री साहले जानकारी दिनुभयो । मन्त्री साहले प्रदेशका सबै राजनीतिक दलहरूको बैठकबाट नै यस्तो निर्णय गरिएको बताउनुभयो । संघीयताको जननी मधेस प्रदेश रहेकाले आफूहरूले प्रहरी समायोजनाको संर्घषको नेतृत्व गरिरहेको मन्त्री साहले बतानुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*