मकवानपुरमा एक वर्षमा सवारी दुर्घटनामा परेर ७० जनाको मृत्यु

बकैया दर्पण संवाददाता
१६ श्रावण २०७९, सोमबार १०:५२

मकवानपुर । मकवानपुरमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर ७० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार, जिल्लामा गत आर्थिक वर्ष २०७८ को साउन महिलादेखि २०७९ असारसम्ममा ७० जनाको दुर्घटनामा परेर मृत्यु भएको हो ।

मृत्यु हुनेमाहरु ६३ पुरुष, ४ महिला, १ बालक र १ बालिका रहेका छन् । दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा बढी गत जेठमा रहेको छ भने भदौमा सबैभन्दा कम रहेको छ । गत जेठमा भएको ३४ वटा दुर्घटनामा १३ जनाले ज्यान गुमाएको कार्यालयले जनाइको छ भने भदौमा भएको १५ दुर्घटनामा परी २ जनाको मृत्यु भएको थियो । त्यसैगरी, गत साउनमा २५ वटा दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको थियो भने असोजमा ३० वटा दुर्घटनामा ५ जनाले ज्यान गुमाएका थिए । त्यसैगरी कार्तिकमा भएको ३० दुर्घटनामा ११ जना, मङ्सिरमा १९ वटा दुर्घटनामा ३ जना, पुसमा २२ वटा दुर्घटनामा ४, माघमा २८ वटा दुर्घटनामा ७ जना, फागुनमा ४१ वटा दुर्घटनामा ४ जना, चैत्रमा २२ वटा दुर्घटनामा ६ जना, बैशाखमा २५ वटा दुर्घटनामा ६ जना र असारमा २६ वटा दुर्घटनामा ५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*