आजदेखि पोखरामा महानगरका मेयरहरुको सम्मेलन सुरू हुँदै

बकैया दर्पण संवाददाता
१३ श्रावण २०७९, शुक्रबार १०:४६

मकवानपुर । पोखरामा आज शुक्रबारदेखि महानगरका मेयर सम्मेलन सुरू हुँदैछ । साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो । सम्मेलनमा देशका ६ वटा महानगरका मेयर तथा उपमेयर र प्रशाकीय अधिकृतहरु सहभागी हुनेछन् ।

महानगरहरुले हालसम्म गरेका कामहरुका अनुभव आदान प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताइएको छ । सम्मेलनबाट काम गर्ने शिलशिलामा अनुभव गरिएका वैधानिक तथा कानुनी अडचनहरुबारे छलफल गरेर नयाँ कानुनका लागि प्रदेश र केन्द्र सरकारलाई अनुरोध गर्ने बुझिएको छ । सम्मेलनमा काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, वीरगञ्ज र पोखरा महानगरको सहभागिता रहने छ । नयाँ मेयरहरुले पदभार सम्हालेको भर्खर डेढ महिना पुगेको छ ।

६ वटा महानगरमध्ये ललितपुर र भरतपुरमा पुरानै मेयर छन् भने अरु सबै महानगरमा नयाँ मेयर निर्वाचित भएका छन् । पुराना मेयरको अनुभव सुनेर नयाँ मेयरले कामको कार्ययोजना बनाउन सजिलो हुने पोखरा महानगरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*