प्रेस युनियनको नयाँ नेतृत्वका लागि मतदान आज, मकवानपुरबाट ३ जनाको उम्मेद्वारी

बकैया दर्पण संवाददाता
७ श्रावण २०७९, शनिबार १०:२१

मकवानपुर । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज शनिबार मतदान हुँदैछ ।
अध्यक्षका लागि संस्थापन पक्षको तर्फबाट अनिता विन्दु र इतर पक्षबाट शिव लम्सालबीच प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिनुभएको छ । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।

यसैबिच, नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको जारी नवौं महाधिवेशनमा कार्यसमितिको लागि मकवानपुरबाट ३ जना प्रतिनिधिले उम्मेद्वारी दर्ता गराउनुभएको छ । आज हुने निर्वाचनको लागि खुला उपाध्यक्ष पदमा मकवानपुरका राममणि दाहाल, उपाध्यक्ष (बागमती प्रदेश) पदमा गिरिजाप्रसाद अधिकारी र केन्द्रीय सदस्यमा राजन दाहाल खुशराजले उम्मेद्वारी दिनुभएको हो ।

बागमती प्रदेशको राजधानी हेटौंडामा जारी महाधिवेशनमा बिहान ११ बजेदेखि मतदान सुरू हुने निर्वाचन समितिले जनाएको छ । दिउँसो ४ बजे सम्म तोकिएको मतदान सकिएपछि शनिबार नै गणना गर्ने तालिका छ ।
झन्डै ८ बर्ष पछि हुन लागेको महाधिवेशनमा भाग लिनका लागि १ हजार ६ सय ३० प्रतिनिधि हेटौंडा पुगेका छन् । नवौं महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*