निकट भविष्यमै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मिति तोकिने प्रधानमन्त्री देउवाद्धारा स्पष्ट

बकैया दर्पण संवाददाता
६ श्रावण २०७९, शुक्रबार १३:३२

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मिति तोकिने बताउनुभयो । शुक्रबारबाट हेटौंडामा सुरु भएको नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा प्रष्ट पार्नु भएको हो ।

प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजित रूपमै लाञ्छना लगाउने क्रम बढेको भन्दै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने धारणा राख्नुभएको हो । कोरोनाकालमा सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्दै उहाँले निष्पक्ष पत्रकारितामा जोड दिनुभएको छ । उहाँले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको जनाउनुभयो ।

नेपाली कांग्रेसको शुभेच्छुक संगठनको रूपमा रहेको युनियनको महाधिवेशनमा सहभागी हुने देशभरबाट पत्रकार, प्रतिनिधि तथा शुभेच्छुक गरी करिब दुई हजार जना हेटौंडामा भेला भएका छन् । भेलाले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वको विषयमा दुई खेमामा विभाजन भएर उम्मेदवारी घोषणा सुरु भइरहेको छ ।

युनियनको भावी नेतृत्वका लागि संस्थापन पक्षबाट सभापतिमा अनिता बिन्दु र संस्थापन इत्तर पक्षबाट शिव लम्सालले आ–आफनो दावेदारी प्रस्तुत गरीरहनुभएको छ । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पुर्णबहादुर खड्का, धनराज गुरुङ, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन कुमार थापा, विश्वप्रकाश शर्मा लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*